पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता

पाेखरा | बैशाख १६, २०८१

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता

पोखरा:   आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित १३ वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।


‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’ उनले भने ।


अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु समेत थपिदै गएका छन् । शनिबार अवार्ड कार्यक्रमको लागि मुस्ताङ गल्फकोर्षले ११ हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम मुस्ताङ गल्फकोर्षका सञ्चालक इन्द्रधारा विष्टले मञ्च अध्यक्ष बराललाई हस्तान्तरण गरेका हुन् ।


यसैगरी थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुनले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।  पुनले सहयोग रकम सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, अन्तरराष्ट्रिय समन्वय उपसमिति सह–संयोजक सुर्दशन रञ्जितको उपस्थितिमा अध्यक्ष बराललाई हस्तान्तरण गरेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।


अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए ।


बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।


 यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका,  रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्